एमाले अध्यक्ष केपी शर्मा ओली फिल्ममा अभिनय गर्दै



केपी शर्मा ओली

काठमाडौँ । विभिन्न विधामा चासो राख्ने एमाले अध्यक्ष केपी शर्मा ओली फिल्ममा अभिनय गर्दै छन्। एमाले अध्यक्ष ओलीको जीवनीमा बन्न लागेको ‘रातो सूर्य’मा उनी स्वयः अभिनय गर्दै छन्। निर्देशक दीपेन्द्र दाहालले निर्देशन गर्न लागेको ‘रातो सूर्य’ फिल्ममा मा एमाले अध्यक्ष ओलीको बाल्यकालदेखि हालसम्मको जीवनी देखाइने भएको छ।

पूर्व प्रधानमन्त्री ओलीको जीवनीमाथि फिल्म बनाउने तयारी गरेको झन्डै पाँच वर्ष भयो। फिल्ममा पूवप्रधानमन्त्रीको जीवनमा आएका उतारचढाव समेत देखाइनेछ । युवा अवस्थाको भूमिका अनुपम शर्माले निर्वाह गर्दै छन्।

एक साताबाट सुरु हुन लागेको फिल्मको सुटिङ राजधानीबाहेक झापा र मकवानपुर लगायत क्षेत्रमा हुँदै छ। आफ्नो जीवनीमाथि बन्न लागेको फिल्ममा आफैँ खेल्न पाउनु आफ्ना लागि नौलो अवसर भएको ओलीको भनाइ रहेको छ ।

 एमाले अध्यक्ष ओली कलाकारिताका विभिन्न विधामा कलम चलाउँदै आएका छन् । विगतमा पनि ओलीले विभिन्न गीतहरू पनि बजारमा ल्याएका छन् । तर, फिल्ममा रहने उनको अभिनय भने कालागि चासोको विषय बन्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्