हलिउड अभिनेता कार्ल वेदरको  ७६ वर्षको उमेरमा निधन



carl weathers

काठमाडौँ । हलिउडका प्रसिद्ध अभिनेता कार्ल वेदरको निधन भएको छ । उनको शुक्रवार ७६ वर्षको उमेरमा निधन भएको हो । उनले ‘रक्की’ र ‘प्रिडेटर’ जस्ता कयौँ फिल्ममा काम गरेका थिए । जसमध्ये ‘प्रिडेटर’ साईन्स फिक्सन फिल्म हो ।

कमेडी भूमिका समेत निभाएका उनले सन् १९९६ मा र  २००४ देखि २०१३ सम्म चार एपिसोड चलेको टेलिभिजन श्रृखला ‘अरेस्टेड डेवलपमेन्ट’ मा आफ्नै ‘प्यारोडी’ गरेका थिए । उनले ‘एक्सन ज्याक्सन’ मा मुख्य भूमिका निभाएका थिए । फिल्ममा आउनुअघि फुटबल खेलाडी रकेका कार्लले खेल जीवनबाट सन् १९७४ मा संन्यास लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्