क्यानडा र लिग २ खेल्ने नेपाली टोली घोषणा, रिजन, हेमन्त र आकाश टिममा



काठमाडौँ ।  नेपालले घरेलु मैदानमा क्यानडासँग खेल्ने तीन ओडीआई सिरिज र आईसीसी विश्वकप लिग २ मा नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने त्रिकोणात्मक सिरिजको लागि नेपालको टोली घोषणा गरेको छ । बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल दुवै सिरिजमा टोलीमा परेका छन् । तीव्र गतिका बलर हेमन्त धामी र आकाश चन्द क्यानडासँगको सिरिजलाई नेपाली टोलीमा परेका छन् ।

रिजन, आकाश र हेमन्त पहिलो पटक नेपाली क्रिकेट टोलीमा परेका हुन् । बायाँ हाते बलर रिजनले बागमती प्रदेशबाट खेल्दै प्रधानमन्त्री कप २०२४ मा ९ खेलमा १५ विकेट लिएका थिए ।क्यानडासँगको सिरिज ८ देखि १२ फेब्रुअरीमा हुनेछ । लिग २ मा नेपालले १५ फेब्रुअरी देखि २४ सम्म खेल्नेछ ।

क्यानडासँग खेल्ने नेपाली टोली  :

रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी, आकाश चन्द र अनिल कुमार शाह ।

लिग २ खेल्ने नेपाली टोली :

रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र ऐरी, गुलशन झा, सोमपाल कामी, करन केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्