परलोक हुँदै छु भनेर स्ट्याटस लेखेका अर्जुन मैनालीको शव फेला



काठमाडौँ । २०० पटकभन्दा बढी रक्तदान गरेर चर्चा कमाएका अर्जुन मैनालीले अमेरिकामा आत्महत्या गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको जनाइएको छ ।

प्रहरीले पूर्ण रूपमा जलेको अवस्थामा उनको शव भेट्टाएको हो। उनी एउटा भाडाको कार लिएर सो पार्कमा पुगेका थिए। उनी चढेको कार पनि जलेको छ। उनले कारमा आगो लगाएर आत्महत्या गरेको अनुमान गरिएको छ। अग्निको बाटोबाट परलोक जान लागेको’ लेखेर बेपत्ता भएका मैनालीले शरीरमा आगो लगाएको बताइएको छ । परिवारलाई प्रहरीले निधन पुष्टि गर्दै पत्र दिइसकेको छ ।

आत्मदाह गर्नुको कारण पारिवारिक तनाव भएको उनले उल्लेख गरेका छन् । मैनाली सन् २००७/०८ देखि अमेरिकामा बसोबास गर्न थालेका हुन् । उनको परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन् । छोरीको विवाह भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्