नेपालको ‘ए’ टिमका लागि सम्भावित ३६ जना खेलाडीको घोषणा 



काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालको ‘ए’ टिमका लागि सम्भावित ३६ जना खेलाडीको घोषणा गरेको छ। क्यानले बुधवार ए टिमका लागि सम्भावित ३६ खेलाडीको घोषणा गरेको हो।

क्यानले टिमका लागि नेपाली टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र कलाम अलीलाई प्रशिक्षक तोकेको छ। ए टिमका लागि सम्भावित ३६ खेलाडीमा विकेट किपर विनोद भण्डारीदेखि यू-१९ विश्वकप खेलेका आकाश चन्द, सुवास भण्डारी र हेमन्त धामी समेत समावेश छन्।

428303427_689146299960715_5553711816360610619_n-1707918388.jpg

प्रतिक्रिया दिनुहोस्