बंगबन्धु गाेल्डकपकाे तयारीस्वरुप बन्द प्रशिक्षण अाजबाट



काठमाडौँ :  बङ्गलादेशको राजधानी ढाकामा यही असोज १५ गतेदेखि शुरु हुने बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि बन्द प्रशिक्षण थालेको छ । 

 

एन्फा मैदान सातदोबाटोमा शुरु भएको उक्त प्रशिक्षणमा विराज महर्जनको कप्तानीमा २० खेलाडी सहभागी रहेको नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जजनले जानकारी दिए । साविक विजेता भएका कारण नेपालले यसपटक सोझै बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउन पाएको हो । अघिल्लो संस्करणको पुरस्कार रकम अन्तिम समयमा पाएपछि नेपालले एक साताभन्दा कम समयको तयारीका साथ सो प्रतियोगिता खेल्न जाने भएको छ ।

 

यस पटकको टोलीको समेत बालगोपाल महर्जनले नै नेतृत्व गर्नेछन् भने कप्तानीको जिम्मेवारी विराज महर्जनलाई नै दिइएको छ । तयारी छोटो समयको रहेकाले प्रतियोगिताका लागि साफ च्याम्पियनसिप खेलेको टोली नै जाने एन्फाले जनाएको छ ।

 

हालै बङ्गलादेशमा साफ च्याम्पियनसिप खेलेको टोलीमा रहेका २० मध्ये १८ खेलाडी नेपाली टोलीमा यथावत छन् । विदेशी लिगमा व्यस्त गोलकिपर किरण लिम्बू चेम्जोङ र रोहित चन्दको स्थानमा विशाल श्रेष्ठ र तेज तामाङलाई समावेश गरिएको छ । किरण माल्दिभ्स र रोहित इन्डोनेसियाको लिगमा व्यस्त छन् । 

 

एन्फाले सोमबार दुई खेलाडीलाई टोलीमा बोलाउँदै बङ्गबन्धु खेल्ने नेपाली टोलीको घोषणा गरेको हो । तेज तामाङ नेपाल पुलिस क्लब र विशाल राई मनाङ मस्र्याङ्दी क्लबबाट ए डिभिजनका लागि दर्ता भएका खेलाडी हुन् ।

 

नेपाली टोलीमा गोलकिपर विकेश कुथु, एलान न्यौपाने, विशाल श्रेष्ठ, डिफेण्डरमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, कप्तान विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल, मिडफिल्डरमा हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का, तेज तामाङ र फरवार्डमा भरत खवास, विमल घर्ती मगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् । 

असोज १५ देखि २६ गतेसम्म हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल असोज १६ गते ताजकिस्तानसँग खेल्नेछ । त्यस्तै दोस्रो खेलमा असोज २० गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह ‘ए’मा नेपालसहित प्यालेस्टाइन र ताजकिस्तान छन् । समूह ‘बी’मा आयोजक बङ्गलादेश, फिलिपिन्स र लाओस छन् । नेपाली टोली असोज १४ गते त्यसतर्फ प्रस्थान गर्ने एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । 

 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ

काठमाडौं : काठमाडौं उपत्यका कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा

काठमाडौं– सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइड निर्माणको काम दशैअगाडी नै सम्पन्न हुने

काठमाडौं– धेरै विधाका मानिसलाई सरकारले संविधान दिवसको अवसर पारेर विभुषित ग¥यो । खेलकुद क्षेत्रलाई योगदान

काठमाडौं : आन्तरिक वायुसेवा कम्पनीहरुले भाडा नबढाउन भएको छ । सरकारले भाडा बढाएर ५० प्रतिशत

काठमाडौं : नेपाली सेनामा कार्यरत एक सैनिकको कोराना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौँमा सेवारत

धादिङ : पेट्रोल बोकेको ट्यांकर त्रिशूलीमा खसेको छ । पृथ्वी राजमार्गस्थित गल्छी बैरेनीको नमस्ते ग्यास

नेपालगञ्ज : बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैनीका ५९

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ। उसले

काठमाडौं : रौतहटको चन्द्रनिगाहपुरकी कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु भएको छ ।चितवनमा मेडिकल कलेज भरतपुरको

काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ५ विषयमा संविधान संशोधन गर्नुपर्ने बताएका छन्। शनिबार बिहान

नेपाल उद्योग वाणिज्य महासंघले मंसिर दोस्रो साता मात्रै साधरणसभा गर्ने निर्णय लिएको छ । शुक्रबार