दीपेन्द्र आज नेपाल फर्कँदै



काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी शुक्रवार यूएईबाट नेपाल फर्कने भएका छन् । यूएईमा जारी आइएलटि२० मा गल्फ जायन्टसमा अनुबन्धित दीपेन्द्र टोली फाइनलमा पुग्न नसक्दा शुक्रवार नेपाल फर्कने भएका हुन् । जायन्टसले बिहीबार राती भएको दुबई क्यापिटल्ससँगको दोस्रो क्वालिफायरमा ९ विकेटको हार बेहोरेको थियो । दीपेन्द्र शुक्रवार राती नेपाल आइपुग्ने तालिका रहेको छ ।

नेपालले आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत बिहीबार दीपेन्द्रबिना नामिबियासँग पहिलो खेल खेल्दै हार बेहोरेको थियो । तर खेलपछि प्रशिक्षक मोन्टि देशाइले दीपेन्द्र नहुँदा टोलीमा सन्तुलन भने नबिग्रिएको बताएका थिए । दीपेन्द्र शुक्रवार राती आएसँगै शनिवार हुने नेदरल्यान्ड्सविरुद्ध खेलका लागि उपलब्ध हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्