यी राशिहरूलाई आज मालामाल हुने छ



मेष–अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । आमाको स्वास्थ्य स्थिति कमजोर बन्नाले त्यसप्रति पनि चिन्ता बढ्न सक्छ । आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ । आँखाको समस्याले पनि सताउन सक्छ । विशेष अवसर प्राप्त भए पनि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् ।

वृष–दाजुभाइ तथा दिदीबहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपलार्् । आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला ।आज ठुला ब्यक्तीहरुबाट मानसम्मान प्राप्त होला ।

मिथुन– आर्थिक समस्या समाधान हुनेछ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ ।  परिवारजनमा असमझदारी र मित्र जनसँग वैरभाव बढ्न सक्छ, तर पनि व्यापार वाट भने फाईदै हुने दिन रहेको छ । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोगले विशेष अवसर पाइनेछ । धनलाभ पनि होला ।

कर्कट–विभिन्न अवसरले पछ्याउनेछन् । मुद्दा मामिला वा कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ ।  यात्रा र सवारी साधन उपयोग गर्दा
पनि अलि सावधानी अपनाउनुपर्ने छ । पढाइ आज खासै राम्रो छैन । आर्थिक अभावले सताउन सक्छ । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ ।

सिंह–घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । तापनि, प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्नेछ । स्वास्थ्यमा समस्या पनि आउन सक्छ । ज्वरो,
टाउको दुखाइ वा आँखाको समस्याले  अलि सताउने देखिन्छ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला ।  सोचेको काम समयमा नबन्नाले दुःख
पाइनेछ ।

कन्या–घर खर्च बढ्नुका साथै व्यापारमा मन्दी आउने देखिन्छ, तर लामो समयदेखि रोकिएका काम भने सम्पादन गर्न सकिने दिन छ । आफ्ना कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्छ । ध्यान दिएर काम गर्नु होला । उपहारका नाउँमा काम नलाग्ने वस्तु मात्र हातलागी हुन सक्छ ।

तुला–प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने प्रशस्त धन लाभ पनि हुन सक्छ । आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । मान र विद्या प्राप्त हुने समय छ ।

वृश्चिक–बहुमूल्य धातु सङ्ग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने समय छ । आज साथीभाइहरूबाट फाइदा  उठाउन सकिएला । उच्च महत्त्वाकाङ्क्षाले गर्दा सोचेको काम पूर्ण रूपमा सम्पादन हुनेछ । तपाइको आज खर्च लागे पनि चिताएको काम बन्नेछ ।

धनु–राजनीतिक पहुँच बढ्नेछ । तर पनि भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ, सावधान रहनु होला । खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ । तर पनि विपरीत लिङ्गी वा केही हितैषी मित्रहरूले साथ दिनेछन् ।  अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ ।

मकर–आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ । खराब व्यक्तिको सङ्गतले मान–सम्मानमा चोट पुग्नेछ । आज विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ, खानपानमा पनि एकदमै सजक रहनु होला । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ ।

कुम्भ–व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । पढाइ, लेखन, सङ्गीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ । लुगा, भोजन र विशेष उपहार हातलागी हुनेछन् ।  कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ ।

मीन–भूमिबाट प्रशस्त फाइदा मिल्नेछ । साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । विपरीत लिङ्गीहरूको माध्यमबाट बढी लाभ होला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । रोकिएका काममा दोहोर्‍याएर प्रयत्न गर्नुहोला ।  यो राशिफल तुलशी गुरुले तयार पारेको हो ।

प्रतिक्रिया दिनुहोस्