यसरी सम्भोगलाई आनन्ददायक बनाउन सकिन्छ 



काठमाडौँ । तपाई सम्भोगको मामिलामा आफ्नो पार्टनरसँगको अन्तरङ्ग पलहरूलाई अझै आनन्ददायक बनाउन चाहनुहुन्छ भने तपाईँले केही चिजहरूको नियमित सेवन गर्नुपर्ने हुन्छ ।

केही चिजहरू त्यस्ता रहेका छन्, जसले तपाईँको सम्भोगलाई आनन्ददायी बनाउन सहयोग गर्दछ । त्यसका लागि   खानै पर्ने चिजहरू स्

फर्सी : फर्सीको नियमित सेवनले पुरुषहरूमा यौन क्षमता बढ्ने विभिन्न अध्ययनहरूले देखाएको छ । फर्सीको बियाँमा शरीरलाई आवश्यक ट्रिप्टोफ्यान नामक एमिने एसिड पाइन्छ । जुन मानिसमा यौन क्षमता वृद्धिमा महत्त्वपूर्ण हुन्छ ।

चकलेट : चकलेटलाई रोमान्टिक गिफ्ट पनि मानिन्छ । यसको वैज्ञानिक कारण छ । किनकि चकलेटमा एन्टीअक्सिडेन्ट तत्त्व पाइन्छ जो मुटुका लागि निकै लाभदायी हुन्छ । जसका कारण मानिसमा यौनेच्छा प्रकट हुन्छ ।

पालुंगो : पालुङ्गोको सेवनले यौनांग क्षेत्रमा रक्त प्रवाह बढाउँदछ र मुड पनि राम्रो बनाइदिन्छ । यसमा पाइने म्याग्नेसियम लगायतका लवणले रक्त नली सुन्निने समस्या हटाइदिन्छ जसका कारण रक्त प्रवाह बढ्दछ । रक्त प्रवाह बढ्दा मानिसमा यौन इच्छा तथा यौन क्षमता दुवैमा वृद्धि हुन्छ । नियमित रूपमा पालुङ्गोको सागको सेवन गर्ने महिलामा चरम आनन्द छोटो समयमै प्राप्त हुन्छ ।

खुर्सानी : खुर्सानीले उपापचयनलाई बढाइदिन्छ । जसका कारण इन्डोफिर्न हर्मोन सक्रिय बन्दछ । यसबाट यौनक्रिडाका लागि आवश्यक क्षेत्रमा रक्त प्रवाह बढ्न जान्छ ।

ग्रिन टी : ग्रिन टी मा क्याटेचिन्स नामक यौगिक पर्याप्त मात्रामा पाइन्छ । यसले पेटको बोसो गलाउने, कलेजोको क्षमता बढाउने तथा बोसोलाई उर्जामा बदल्ने काम गर्दछ ।

अदुवा :अदुवाले पनि रक्त प्रवाह बढाउने तथा धमनीहरूलाई स्वस्थ राख्नमा सहयोग पुराउँदछ जसका कारण मानिसको यौन इच्छा तथा यौन क्षमतामा पनि वृद्धि हुन्छ ।

दालचिनी : दालचिनीले मानिसमा यौनेच्छा बढाउन तथा यौन क्षमतामा वृद्धि गर्न सहयोग गर्दछ, खास गरी पुरुषमा । तसर्थ दिनहुँ चिया तथा कफीमा दालचिनी मिसाएर खानु अति उत्तम हुन्छ ।

खरबुजा: खरबुजामा एन्टी अक्सिडेन्ट तत्त्व पर्याप्त पाइन्छ । खरबुजालाई यौनबर्द्धक पनि मानिन्छ । फलफूलमा यसको सेवनले यौनक्षमता वृद्धि गर्न ठूलो सहयोग गर्दछ ।

केरा स् केरा उच्च सोडियमयुक्त खानेकुराले शरीरमा पार्ने नकारात्मक असरलाई घटाउँछ । धेरै नुनिलो खानेकुरा खानाले यौनांगमा रक्त प्रवाह घट्न गई यौनेच्छा तथा चरमोत्कर्षमा कमी आउँदछ ।

प्रतिक्रिया दिनुहोस्