बचतकर्ताको सवा अर्ब हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ



काठमाडौँ । सहकारी बचतकर्ताको झन्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापक पक्राउ परेका छन् ।

बचतकर्ताहरूको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईँ पाण्डे पक्राउ परेका हुन् । सहकारीले राई अध्यक्ष तथा सञ्चालक रहेका विभिन्न पाँच वटा कम्पनीलाई ७८ करोड ५० लाख ऋण दिएको पाइएको छ। संस्थापक अध्यक्ष एवं संरक्षक जिबी राई सम्पर्कविहीन छन्। सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कले साढे १० करोड रुपैयाँ ऋण लिएको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्