अर्जुन र मयन ओपनिङ ब्याटिङ गर्दै



काठमाडौँ । क्यानडा-११ विरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ का लागि अर्जुन कुमाल र मयन यादवले इनिङ ओपन गर्ने भएका छन् । मुलपानी क्रिकेट मैदानमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालको लागि कप्तान विनोद भण्डारी रहेका छन् ।

नेपालले यू१९ टोलीका ओपनर अर्जुन कुमाललाई ओपनरमा खेलाउँदा मधेश प्रदेशका मयन यादव उनको साथमा आएका छन् । त्यस्तै राशीद खान तेस्रो नम्बरमा आउने सम्भावना छ ।

नेपालको प्लेइङ११ : विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, प्रतिश जिसी, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा

बेन्च : शेर मल्ल, रिजन ढकाल, सुजन थपलिया, हेमन्त धामी

क्यानडा : आरोन जोन्सन, नवनित धलिवल, डिलोन हेलिगर, दिलप्रित बज्वा, हर्ष ठाकर, साद बिन जफर ९कप्तान०, सहिद अहमदजाई, श्रेयास मोभा, सृमन्थ विजयरत्ने, इश्वरजोत सोहि, निखिल दत्त

बेन्च:  निकोलस किर्तन, पर्गत सिंह, उदय भगवान सिंह, कालिम साना

प्रतिक्रिया दिनुहोस्