दोलखामा भूकम्पको धक्का   



काठमाडौँ । एका बिहानै दोलखामा भूकम्प गएको छ । जिल्लाको हाटडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । आज बिहान ४ बजेर ५८ मिनेट जाँदा हाटडाँडा आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यही फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले भने कुनै भौतिक र मानवीय क्षति भने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्