त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बराल नियुक्त



काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका छन् ।

उपकुलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वमा समिति गठन गरिएको थियो । समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।प्रधानमन्त्री प्रचण्डले पहिलो नम्बरमा रहेका बुढाथोकीलाई छाडेर दोस्रो नम्बरका बराललाई उपकुलपति नियुक्त गरेका छन् । बराल २०६४ सालमा पोखरा विश्वविद्यालयको उपकुलपति नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्