नेपाललाई छैटौँ सफलता, संकटमा नेदरल्यान्ड्स



काठमाडौँ । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले छैटौँ सफलता हात पारेको छ । ९औँ ओभरको पाँचौँ र छैटौँ बलमा लगातार विकेट लिँदै पार्टटाइम स्पिनल कुशल मल्लले नेपाललाई छैटौँ  सफलता दिलाएका हुन् ।

मल्लले पाँचौँ बलमा नोहाक क्रसलाई अभिनाश बोहोराबाट क्याच गराए भने छैटौँ बलमा आर्यन दत्तलाई आउट गराएका हुन् । यसअघि करणकेसीले पहिलो ओभरको चौथो र अन्तिम बलमा विकेट लिँदै सुखद सुरुआत गरेका थिए । त्यसपछि ८औँ पहिलो बलमा प्रतिश जिसीले कप्तान स्कट एडवार्डलाई बोल्ड गरे भने पाँचौँ बलमा म्याक्स ओडाउडलाई आउट गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्