सोमबार भगवान् शिवको विशेष दिन



भगवान् शिव

काठमाडौँ । आज २०८० साल फागुन २१ गते सोमबार ।  फागुन कृष्ण पक्षको अष्टमी तिथि । हिन्दु धर्मशास्त्र अनुसार सोमबार भगवान् शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।

शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनी सोमबार व्रत बस्ने चलन अझै पनि छ।

त्यस्तै सोमबारका दिन भगवान् शिवप्रति समर्पित भई शिव स्तोत्र, रुद्राक्ष, बेल पत्ताको पूजा गर्नाले भगवान् शिव प्रसन्न हुन्छन् भन्ने विश्वास गरिन्छ । त्यस्तै श्रद्धा भाव राख्दै निम्न पाँच काम गर्नाले पनि मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ ।

१.सोमवार भगवान् शिवको दिन अर्थात् चन्द्रमा का दिनका रूपमा लिइन्छ। यस दिन बिहान सबेरै उठेर भगवान् शिवको दर्शन गरी शिव चालीसा या शिवाष्टकको पाठ गर्नाले भगवान् शिव प्रसन्न भई समस्या समाधान हुने विश्वास गरिन्छ ।

२.दापत्य जीवनमा आउने उतार चढाव वा समस्या समाधानको लागि सोमवारको बिहान सबेरै गौरी–शंकरलाई मनन गरी रुद्राक्ष शिव भगवानलाई अर्पर्ण गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ ।

३.त्यस्तै सोमबारको बिहान बेलपत्रमा सेतो चन्दनको टीका बनाएर शिवलिंगको पूजा गर्नाले पनि फलिफाप हुन्छ ।

४.सोमवारका दिन आफ्नो पायक पर्ने शिव मन्दिरमा पुगेर शिवलिंगमा दूध चढाउनुपर्छ । उक्त दूध तामाको भाडामा ल्याएर आफ्नो व्यापार व्यवसाय गरेको ठाउँमा पूर्ण श्रद्धाका साथ छर्किदै ‘ॐ नमः शिवायः’ मन्त्रको जप गर्नाले व्यवसायमा श्रीवृद्धि हुने मान्यता राखिन्छ ।

प्रतिक्रिया दिनुहोस्