विश्वकप क्रिकेटको तयारी गर्न सरकारले क्यानलाई दियो ५ करोड रुपैयाँ



काठमाडौँ । सरकारले आउँदो जेठमा अमेरिका र वेष्ट इण्डिजमा हुने टी-२० विश्वकपको तयारीका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ । नेपाल क्रिकेट सङ्घ क्यानले विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहभागिताको तयारीका लागि सरकारबाट पाँच करोड तयारी बजेट विनियोजन भएको जानकारी दिँदै सरकारलाई धन्यवाद समेत दिएको छ ।

क्यानले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘यस ऐतिहासिक कदमका लागि नेपाल सरकार सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय खेलकुद परिषद ९राखेप० सदस्य सचिव टंक लाल घिसिङ्ग ज्यूप्रति नेपाल क्रिकेट सङ्घ (क्यान) हार्दिक आभार व्यक्त गर्दछ ।’

नेपाल विश्वकपमा छनोट भए लगत्तै प्रधानमन्त्री प्रचण्डले टिमको तयारीका लागि लाग्ने खर्चमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका थिए । सरकारको यो साथ र सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने क्यानले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्