लिभरपुलको सानदार जित



काठमाडौँ । इंग्लिस क्लब लिभरपुलले युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा सानदार जित दर्ता गरेको छ ।लिभरपुलले चेक रिपब्लिक क्लब स्पार्टा प्रागमाथि उसकै मैदानमा ५–१ को सानदार जित दर्ता गर्दै क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको हो ।

घरेलु टोलीविरुद्ध लिभरपुलको फराकिलो जितमा डार्विन नुनेजले दुई तथा एलेक्सिस म्याक एलिस्टर, लुइस डियाज र डोमिनिक जोबोस्लाईले समान एक गोल गरे । स्पार्टाले एक गोल उपहार पाएको थियो ।

इपेट एरिना प्राहामा बिहीबार राति भएको खेलको छैटौं मिनेटमा नै एलेक्सिस म्याक एलिस्टरको पेनाल्टी गोलबाट लिभरपुलले अग्रता बनाएको थियो । २५औं मिनेटमा डार्विन नुनेजले अग्रता दोब्बर पारे ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा नुनेजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि लिभरपुल पहिलो हाफमै ३–० को आरामदायी स्थितिमा अघि बढ्यो । ४६औं मिनेटमा कोनर ब्राड्लेले आत्मघाती गोल गर्दा खेल ३–१ को स्थितिमा पुग्यो ।

५३औं मिनेटमा लुइस डियाजले हार्भे इलिओटको पासमा गोल गदै लिभरपुललाई सहज जिततर्फ असघ बढाए । ८४औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । तर, इन्ज्युरी समयमा डोमिनिकले गोल गर्दै लिभरपुललाई सानदार जित दिलाए ।

यस जितले लिभरपुलको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । दोस्रो लेगमा फराकिलो हार नभोगेको अवस्थामा पनि लिभरपुल अघिल्लो चरणमा प्रवेश गर्नेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्