सिराहाको गोलबजारमा ढुङ्गा प्रहार गरी महिलाको हत्या



काठमाडौँ । सिराहाको गोलबजारमा एक जना महिलाको हत्या भएको छ । गोलबजार नगरपालिका-६ का महेन्द्रकुमार साहकी श्रीमती करिब ३५ वर्षीय अनिता कुमारी साहको शुक्रवार राति हत्या भएको प्रहरीले जनाएको छ ।

सिलौटो९लोढी० ढुङ्गा प्रहार गरी हत्या भएको जस्तो देखिएको सिराहा प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार अनुहारमा  डुङ्गाले हिर्काएको चोट देखिएको छ । सुत्ने खाट नजिकै अनिताको शव फेला परेको हो ।

मृतक अनिताका पतिसमेत घाइते छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । साह दम्पत्ति गत एक वर्षदेखि स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर होटल सञ्चालन गर्दै आएका थिए ।

राति २ बजे मात्र यो घटना विषयमा प्रहरीले जानकारी पाएको थियो । घटनास्थलमा एसपी आचार्यको टोली पुगेर अनुसन्धान गरिरहेको जनाएको छ ।

घटनामा संलग्न भएको हुनसक्ने आशङ्का दुई जनालाई नियन्त्रणमा लिएको एसपी आचार्यले जानकारी दिए । घटनाबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ ।

धनुषाको लालगडबाट ल्याएको प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्