दोहोरो अङ्कले बढ्यो नेप्से



काठमाडौँ । साताको कारोबारको पहिलो दिन आज  सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ । आइतबार नेप्से परिसूचक २२ दशमलव १० अङ्कले वृद्धि भएर २०५२ दशमलव ६५ अंमा पुगेको छ ।

आज ३०४ कम्पनीका ५६ हजार ७ सय २६ पटकको कारोबारमा ७ लाख ४३ हजार ४ सय ५७ कित्ता सेयर किनबेच भएको छ ।  आज २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५ सय ५८ रुपैयाँ बराबरको मात्रै सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव २६ अङ्कले बढेर ३६४ दशमलव ५३ को विन्दुमा पुगेको छ । आज हाइड्रो पावर कम्पनीहरूको २६ लाख ६३ हजार १ सय १ कित्ता सेयर किनबेच हुँदा ८४ करोड ६० लाख १३ हजार ६ सय ४ रुपैयाँको कारोबार भएको छ । भने कर्पोरेट सेक्टरको कारोबार रकम २६ लाख ८४ हजार ६ सय ६३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्