बैङ्कहरूले घटाए ब्याजदर



काठमाडौँ । चैत महिनाका लागि अधिकांश वाणिज्य बैङ्कहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैङ्कहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ०.५ प्रतिशत विन्दुले घटेको हो । फागुन महिनामा २० वटै वाणिज्य बैङ्कहरूको व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत रहेकोमा चैत महिनाका लागि भने ७.२५ मा झरेको छ ।

एनआईसी एसिया बैङ्कले भने फागुनको तुलनामा चैतमा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएको छ । अनर्गल प्रचारका कारण सो बैङ्कबाट केही निक्षेप झिकिएपछि बैङ्कले तरलताको सहज व्यवस्थापन गर्न ब्याजदर बढाएको देखिन्छ । सो बैङ्कले चैतदेखि लागू गर्ने गरी व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर सबैभन्दा धेरै ८.५४८ प्रतिशत रहेको छ ।

बैङ्कहरूले व्यक्तिगत मुद्दतीमा जति ब्याजदर तोकेका छन्, संस्थाहरूलाई त्यसको १ प्रतिशत विन्दु कम हुन्छ । प्रभु र ग्लोबल आईएमईले फागुनकै दरलाई निरन्तरता दिएका छन् भने बाँकी १७ बैङ्कले घटाएका छन् । बैङ्किङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैङ्कहरूले ब्याजदर घटाउँदै लगेका छन् ।

बैंकहरूले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याजदर 

बैंक फागुनको ब्याजदर चैतको ब्याजदर
कृषि विकास ६.४४३ ५.६६
एभरेष्ट ६.५
नेपाल ७.२५
लक्ष्मी सनराइज ७.५
माछापुच्छ्रे ७.७५
एनआईसी एसिया ८.५४८
प्रभु ७.५ ७.५
स्टान्डर्ड चार्टर्ड ७.३५
राष्ट्रिय वाणिज्य ७.३५
नबिल ७.७५ ७.२५
ग्लोबल आईएमई ७.६ ७.६
सिद्धार्थ ७.५
प्राइम कमर्सियल ७.४ ७.२५
कुमारी ८.०१ ७.५१
सानिमा ७.५१ ७.२५
हिमालयन ८.१५ ७.५
नेपाल एसबीआई ८.१ ७.०१
नेपाल इन्भेष्टमेन्ट
एनएमबी ८.५
सिटिजन्स ८.२५ ७.७५

 

प्रतिक्रिया दिनुहोस्