रसुवामा भूकम्पको धक्का



काठमाडौँ । रसुवामा आइतबार बिहान भूकम्पको धक्का महसुस  गरिएको छ । बिहान ९ बजेर ४४ मिनेटमा सो धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

रसुवाको जुरेढुंगा आसपास केन्द्रबिन्दु भएको ४ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, यो धक्का ०७२ सालको विनाशकारी ‘गोरखा भूकम्प’कै परकम्प हो । गोरखा भूकम्पका चार म्याग्निच्युडदेखि माथिका हालसम्म ५९६ परकम्प मापन गरिएको केन्द्रले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्