महोत्तरीका तत्कालीन डिभिजन वन अधिकृत हेमन्त प्रसाद साह, वडा अध्यक्ष सहित २४ जना उपर आरोप पत्र दायर



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन डिभिजन वन अधिकृत हेमन्त प्रसाद साह, वडा अध्यक्ष, उपभोक्ता समितिका पदाधिकारीहरूसमेत २४ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरेको छ ।

‘जिल्ला महोत्तरी, बर्दिवास नगरपालिका वडा नं. १ बस्ने स्थानीय केही व्यक्तिहरुको समूहले दर्तावाला जग्गाका रुखहरु भनी रम्तेलडाँडा सामुदायिक वनका सखुवा, सिसौ, भिक्स र टिक जातका ठुला रुख विरुवा जथाभावी कटान गरी वन क्षेत्रको जग्गालाई समेत तारवार गरेको, उक्त वनका रुख कटान गर्न वडा कार्यालयले सिफारिस तथा वन कार्यालयले कटान दिई वन फडानीसहित वनको जग्गा व्यक्तिले कब्जा गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा रम्तेलडाँडा सामुदायिक वन क्षेत्रमा रहेका रुखहरु बर्दिवास नगरपालिका वडा नं. १ बस्ने जग्गाधनी लिलामणी आचार्य र कृष्ण प्रसाद गौतमको संयुक्त नाममा दर्ता कायम रहेको साविक २५ नं. बहादुरगञ्ज वडा नं. ३(क) कि.नं. २ को क्षेत्रफल १-२-११ रहेको निजी नम्बरी आवादीको जग्गाभित्र पर्छ भनी मिलेमतो गरी गलत सिफारिस तथा प्रतिवेदनका आधारमा रम्तेलडाँडा सामुदायिक वन क्षेत्रको रुखमा छापा, टाँचा गराई, कटान गर्न ईजाजत दिई, वन क्षेत्रको रुखहरु व्यक्तिलाई लाभ हुने गरी बिभिन्न जातका ४०६ वटा रुख कटान गरी/गराई रु.११,९६,६९५।– (एघार लाख छयानब्बे हजार छ सय पन्चानब्बे  रुपैयाँ) बराबरको सरकारी सम्पत्ति हानिनोक्सानी गरेको पुष्टि हुन आएको हुँदा उक्त कार्यमा संलग्न कर्मचारी, सामुदायिक वनका पदाधिकारीहरु र उपभोक्ता समिति लगायतका व्यक्तिहरुउपर देहायबमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।’

प्रतिक्रिया दिनुहोस्