सुन चाँदीको मूल्य घट्यो



काठमाडौँ । नेपाली बजारमा  पहेलो धातुको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला पाँच सयले घटेको छ ।आइतबार प्रतितोला रु एक लाख २५ हजार मूल्यमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला एक लाख २४ हजार पाँच सय कायम भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य आइतबार रु एक लाख २४ हजार चार सय कायम भएकोमा आज भने तोलामा रु पाँच सयले घटेर एक लाख २३ हजार नौ सय कायम भएको छ ।यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ । आइतबार प्रतितोला एक हजार तीन सय १२ मा कारोबार भएको चाँदी आज भने प्रतितोला एक हजार तीन सय तीन निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्