नेपाल आइपुगे आईसीसीका अध्यक्ष बार्कले



काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल आइपुगेका छन् । सोमबार ४ बजे नेपाल आई पुगेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले स्वागत गरेका हुन् ।

नेपाली क्रिकेट विकास गर्न सहयोग गर्ने उनले बताएका छन् । उनी चैत ८ सम्म नेपालमा बस्नेछन् । उनले नेपालमा टीयु र मुलपानी क्रिकेट मैदान भ्रमण गर्नेछन् । त्यस्तै नेपाल भ्रमणमा उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवातथा खेलकुद मन्त्रीलाई पनि भेट्ने कार्यक्रम रहेको छ । उनी भारतबाट नेपाल आएका हुन् । वुमन्स प्रिमियर लिगको फाइनलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोरबीचको फाइनल हेर्न भारत आएका थिए ।

नेपालले २०२७ मा आईसीसी वुमन्स य-१९ विश्वकप आयोजना गर्दैछ । त्यसको लागि उनले मुलपानी र टीयुको मैदान निरिक्षण गर्नेछन् । ‘उनले भोली मैदानको निरिक्षण गर्छन् । भोलि नै प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन र खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसँग भेट्ने कार्यक्रम छ’, क्यानका कोषाध्यक्ष पदम खड्काले भने ।

प्रतिक्रिया दिनुहोस्