चेन्नईसँग बैंग्लोर पराजित



काठमाडौँ। साबिक विजेता चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी शुरूआत गरेको छ। शुक्रवार सम्पन्न उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गर्दै चेन्नईले विजयी यात्रा सुरु गरेको हो।

बैंगलोरले दिएको १७४ रनको लक्ष्य पछ्याएको चेन्नईले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनायो। चेन्नईका शिवम दुबेले अविजित रहँदै ३४ रन बनाए। उनले २८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। रविन्द्र जडेजाले १७ बलमा १ चौकासहित अविजित रहँदै २५ रन बनाए । उनीहरूबिच पाँचौँ विकेटका लागि ३७ बलमा ६६ रनको साझेदारी भएको थियो।

चेन्नईले पहिलो विकेट चौथो ओभरको अन्तिम बलमा गुमायो। यश दयालले फ्याँकेको बललाई प्रहार गर्नेक्रममा एज लागेर कप्तान ऋतुराज गायकवाड १५ रनमा आउट भए। उनी फस्ट सिल्पमा क्यामरून ग्रिनबाट क्याच आउट भए। सातौँ ओभरको अन्तिम बलमा अर्का ओपनर रचिन रविन्द्र पनि डिप स्क्वायरमा रजत पाटिदारबाट क्याच आउट भए।

प्रतिक्रिया दिनुहोस्