पुटिनलेनै मस्को आक्रमण गरेको युक्रेनी गुप्तचर निकायको दाबी



काठमाडौँ । युक्रेनको गुप्तचर एजेन्सीका प्रवक्ता एन्ड्रिल युसोभले मस्को आतङ्कवादी हमलाबारे ठुलो दाबी गरेका छन् । युसोभले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जनतालाई उक्साउनको लागि यो आतङ्कवादी हमला गरेको बताएका छन् । पुटिनको सरकारले मस्कोमा यो हमला गरेको हो । मस्कोको क्रोकस कन्सर्ट हलमा भएको यो आतङ्कवादी हमलामा ४० जनाभन्दा बढीको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् ।

अर्कोतर्फ कीभले कन्सर्ट हलमा भएको आक्रमणसँग युक्रेनको कुनै सम्बन्ध नरहेको बताएको छ । युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले यी घटनासँग युक्रेनको कुनै सम्बन्ध नरहेको बताए । हाम्रो लडाइ रुस र रुसी सङ्घको नियमित सेनासँग छ । रुस र युक्रेन बीच जे हुन्छ, सबै कुरा युद्धभूमिमा तय हुनेछ।

प्रतिक्रिया दिनुहोस्