गण्डकीलाई सोझो सेटमा हराउँदै पुलिस तेस्रो



काठमाडौँ । नेपाल पुलिस क्लबले आरबीबी आठौँ एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै तेस्रो बनेको छ । शनिवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा पुलिसले गण्डकीलाई २५–१६, २५–२० र २९–२७ मो सेटमा हराएको हो ।

सेमिफाइनलमा नेपाल पुलिस क्लब शुक्रवार त्रिभुवन आर्मी क्लबसँग ३–२ ले पराजित भएको थियो । गण्डकी टिपटप हेल्प नेपालसँग ३९० को सोझो सेटमा पराजित हुँदै बाहिरिएको थियो ।

महिलातर्फ शुक्रवार न्यू डायमण्डलाई ३–१ ले हराउँदै एपीएफ तेस्रो बनेको थियो । आज महिला र पुरुष दुबैतर्फ फाइनल खेलहरू हुनेछन् ।

महिलातर्फ नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लबबिच दिउँसो १ बजेपछि हुनेछ । पुरुषतर्फ फाइनलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबिच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको दुवैतर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार पाउनेछन् । विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर,स्पाईकर,लिवेरो र प्रशिक्षकले १५–१५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्