नैतिकताको आधारमा गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : शेखर कोइराला



शेखर कोइराला

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा। शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले नैतिकताको आधारमा गृहमन्त्री लामिछानेले एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका हुन् ।

कोइरालाले भने,  ‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भइहाल्यो ।’ उनले सत्ता गठबन्धनले यति ठुलो बदमासी गरिदा पनि काठमाडौँका चेतनशील मानिसहरू चुपचाप बसिरहँदा अचम्म लागेको बताए ।सडकदेखि सांसदसम्म चौतर्फी विरोध भइरहँदा पनि लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको त छैन भन्ने प्रश्न उठेको  कोइरालाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्