आईपीएल आज दुई खेल हुँदै



काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)को १७औँ सिजनमा आइतबार दुई खेल हुँदैछन्। लखनउ सुपर जायन्ट्स र राजस्थान रोयल्सबीचको पहिलो खेल दिउँसो ३स्४५ बजे सुरु हुनेछ।

त्यसपछि ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सले पछिल्लो दुई सिजन फाइनलमा पुगेको गुजरात टाइटन्सको सामना गर्नेछ । राजस्थानले लिग इतिहासमा पहिलो पटक २००८ मा उपाधि जितेको थियो। त्यसपछि टोलीले अर्को उपाधि जित्न सकेन। टोली १४ सिजनमा दुई पटक फाइनलमा पुग्यो। सन् २०२२ मा फाइनलमा पुग्दा राजस्थान गुजरात टाइटन्ससँग ७ विकेटले पराजित भएको थियो।

अर्कोतर्फ, लखनउको यो तेस्रो सिजन हो। टोलीले सन् २०२२ मा पहिलो पटक आईपीएलमा सहभागिता जनाएको थियो। टोली पछिल्लो दुवै सिजन प्लेअफमा पुगेको थियो।

हालसम्म राजस्थान र लखनउबीच आईपीएलमा ३ खेल मात्रै खेलेका छन्। राजस्थानले २ र लखनउले १ जित हात पारेको छ। राजस्थानको घरेलु मैदान जयपुरको सवाई मानसिंह स्टेडियममा दुई टोलीबिच अहिलेसम्म एउटा खेल भइसकेको छ। जसमा लखनउ १० रनले विजयी भएको थियो।

यता, गुजरातले हार्दिक पाण्ड्याको कप्तानीमा अन्तिम २ फाइनल खेलेको थियो। उनले अब रोहित शर्माको स्थानमा मुम्बईको कप्तानी गर्नेछन्। गुजरातको कप्तानी शुभमन गिलले गर्नेछन्, जसले पहिलो पटक टोलीको कमान्ड सम्हाल्दै छन्।

आईपीएलमा यी दुई टोलीबिच ४ वटा खेल भएका छन्। दुवै टोलीले २र२ खेल जितेका छन्। अहमदाबादमा गुजरातसँगको दुवै खेलमा मुम्बई पराजित भएको छ।

प्रतिक्रिया दिनुहोस्