पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चराका कारण प्रभावित



पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराको बथानै आएपछि उडान–अवतरण प्रभावित बनेको छ । वायु सेवा कम्पनीहरूका अनुसार आइतबार बिहान चराका कारण विमानस्थल बन्द रह्यो ।

आज यती एयरलाइन्सको काठमाडौँ–पोखरा रुटको ६७३ जहाज चराको गतिविधिका कारण पोखरामा अवतरण गर्न नसकी १ घण्टापछि काठमाडौँ अवतरण गरेको थियो । यतीकै पोखरा–काठमाडौँ रुटको ६९० जहाज चराको गतिविधि बढेसँगै ‘डिले’ भएको थियो । बुद्ध एयरका उडानहरू समेत प्रभावित बनेका छन् । चराका कारण आज बिहान १० बजेपछि पनि विमानस्थल खुल्ने र बन्द हुने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्