आयरल्यान्ड ‘ए’द्धारा नेपाललाई बलिङ निम्तो



काठमाडौँ । नेपालले पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए'(वल्भ्सविवरुद्ध) टस गरेर पहिला बलिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा भएको टसमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् ।

नेपालले आजको खेलमा प्रतिश जि।सी, विवेक यादव, अनिल कुमार शाह र आकाश चन्दलाई बेन्चमा राखेको छ । नेपालले दोस्रो खेल मङ्गलवार खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ ।नेपाल ए र आयरल्यान्ड ए बिच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् ।

आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ खेलाडी यस टोलीमा छन् । सिनियर टोलीका पिटर मुर, ग्यारेथ डेलानी र बेन ह्वाइट जस्ता स्टार खेलाडी आयरल्यान्डका मुख्य हतियार हुन् ।

नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी र अभिनाश बोहरा

आयरल्यान्ड ए प्लेइङ ११: निल रक (कप्तान), रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, फिन हृयान्ड, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, मोर्गन टोप्पिङ र बेन हृवाइट ।

प्रतिक्रिया दिनुहोस्