कैलालीमा दुई महिलाबिच प्रेम : अनैतिक सम्बन्ध भन्दै निर्घात कुटपिट



काठमाडौँ । प्रेम सम्बन्धमा रहेका कैलालीको मोहन्याल गाउँपालिकाका २ महिलालाई परिवारका सदस्य र गाउँले मिलेर निर्घात कुटपिट गरेका छन्। अनैतिक सम्बन्धमा रहेको आरोपमा मोहन्याल ७ स्थित सोल्टाघयनकुरकी राधिका विश्वकर्मा ९नाम परिवर्तन० र अर्की महिलालाई कुटपिट गरेको पाइएको हो ।

ती महिलाले आफूलाई समलिंगी महिला बताउने गरेका छन्। ११ चैतमा सँगै बसेको आरोपमा विश्वकर्मा र सँगै बसेकी महिलामाथि निर्घात कुटपिट गरिएको हो। उनीहरूलाई चरम यातना दिएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ।

त्यसपछि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका पक्षमा आवाज उठाउँदै आएका अधिकारवादी संस्थाले घटनाको विरोध जनाउँदै तत्काल सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन माग गरेका छन्।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका पक्षमा आवाज उठाउँदै आएको नील हिरा समाजले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘एक व्यक्ति अर्को व्यक्तिसँगै बसेकै आधारमा न्यूनतम मानवीयता समेत नराखी सारा परिवार र गाउँलेहरू मिलेर निर्घात कुटपिट गरिनु काँसम्मको निर्लज्जता र घृणित कार्य हो रु यस्तो घृणित र आपराधिक कार्यले नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय मात्र नभई, एक दलित र एक मानवमाथि क्रूर व्यवहार भएको हाम्रो ठहर छ।’ समाजले राष्ट्रिय महिला आयोगलाई पत्र लेख्दै घटनाको छानबिन गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्