संसद् बन्द गरेर सरकार भागेको काँग्रेसको आरोप



काठमाडौँ । नेपाली काँग्रेसले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद् अधिवेशन अन्त्य गरेर सरकार भागेको आरोप लगाएको छ ।

आज बिहान बसेको काँग्रेस संसदीय दलको बैठकले सरकार जबाफदेहिताबाट भागेर गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको निष्कर्ष निकालेको हो । बैठकपछि काँग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकार जवाफदेही बन्नुको साटो तानाशाही  बनीरहेका बताएका हुन् । गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार मध्यराति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्