मुगुमा एनआइसी एसिया बैङ्क तोडफोड



काठमाडौँ । मुगुको सदरमुकाम  गमगढी स्थित  मिलन चौकमा  रहेको  एनआइसी एसिया बैङ्कको शाखा कार्यालयमा तोडफोड भएको छ। शनिवार  राती ९स्२१ बजे बैङ्कको मूल ढोका तोडफोड भएको हो ।

बैङ्कमा रहेको सिसि क्यामारामा देखिएअनुसार उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सुरक्षागाडले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको देखिएको छ ।  बैङ्कमा १ जना मात्र सुरक्षाकर्मी भएको र उनको डिउटी राती ८ बजेसम्म मात्र भएकोले त्यही मौका छोपी अज्ञात व्यक्तिले बैङ्कको मूल ढोका तोडफोड गरी बैङ्क भित्र प्रवेश गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बैङ्कको मूल ढोका तोडफोड गरी सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिने व्यक्ति बजार घुमिरहने मानसिक अवस्था ठिक नभएको जस्तो देखिने एक युवा भएको र उसको खोजी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्