नक्कली सुनलाई ६० लाखमा बिक्री गर्ने एक जना पक्राउ



काठमाडौँ । नक्कली सुनलाई सक्कली भन्दै ६० लाखमा बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भारतको सिलुगुढीका ५४ वर्षीय शेरबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले सोमबार पक्राउ गरेको हो ।

गिरीले आफूसँग १ किलो काँचो सुन रहेको भन्दै झापाको बुद्धशान्ति गाउँपालिका९२ कि ४५ वर्षीया सविता सिटौलालाई ६० लाखमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ ।

सिटौलाले ६० लामा किनेको भनिएको सुन नक्कली परेपछि प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले गिरीलाई बिर्तामोड९५ स्थित शनिश्चरे रोडबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्