गुजरात दिल्लीसँग पराजित



काठमाडौँ ।  इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटान्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीले बुधवार राति भएको खेलमा गुजरातलाई ६ विकेटले हराएको हो । यो दिल्लीको तेस्रो जित हो । यससँगै दल्ली ६ अङ्कका साथ छैटौँ स्थानमा उक्लिएको छ । समान अङ्क भए पनि गुजरात भने सातौँ स्थानमा रहेको छ ।

गुजरातले दिएको ९० रनको लक्ष्य दिल्लीले ६७ बल बाँकी हुँदै ४ विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीका ज्याक फ्रासेर म्याकगुर्कले २० रन, साइ होप १९, अभिषेक पोरेलले १५ रन बनाए । कप्तान रिसब पन्त १६ र सुमित कुमारी ९ रनमा अविजित रहे ।

गुजरातका लागि सुदीप वारियर २, स्पेसर जोन्सन र रासिद खानले समान एकरएक विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले सबै विकेट गुमाएर ८९ रन बनाएको थियो । रासिद खानले ३२ रन जोडे पनि अरुले राम्रो गर्न सकेनन् । साइ सुर्दशनले १२ र राहुल टावाटियाले १० रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अङ्क बनाएनन् । दिल्लीका मुकेश कुमारले ३, इशान्त शर्मा र ट्रिस्टन स्टुबले २/२,  खलिल अहमद र अक्षर पटेलले एकरएक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्