काठमाडौँ महानगरले अशक्त र गरिब नागरिकहरूको निःशुल्क उपचार गरिदिने



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेपालको जुनसुकै पालिकाका अशक्त र गरिब नागरिक बिरामीहरूलाई उपचारमा सहयोग गर्ने भएको छ । आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगरमा आउनेले सो उपचार पाउने  काठमाडौँ महानगरपालिकाले  जनाएको छ।  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले ४३ अस्पतालका ३२३ बेड आबद्ध सो सेवाका लागि तयार रहेको जनाएका छन् । उनले त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुने जानकारी गराएका हुन् ।

विपन्न र असहाय बिरामीले निःशुल्क उपचार सेवा लिनका लागि चाहिने आवश्यक कागजात :

१. नेपाल सरकार र प्रदेश सरकार स्थानीय सरकारले लक्षित वर्ग हो भनी जारी गरेको कागजात परिचय पत्र वा,
२.राष्ट्रिय परिचयपत्र र नेपाली नागरिकता प्रमाण पत्र जन्म दर्ता प्रमाणपत्र प्रतिलिपि र हालसालै खिचिएको फोटो र,
३. रोग पहिचान भए सोको कागजपत्र र,
४. अनुसूची९५ को आधारमा सम्बन्धित स्थानीय तहको वडाले लक्षित वर्ग हो भनी अनुसूची- ४ अनुसारको सर्जमिन गरेको कागज र,
५. सम्बन्धित स्थानीय तहको वडा कार्यालयले उपचारको लागी अनुसूची- ३ अनुसारको सिफारिस गरेको पत्र,

बेवारिसे बिरामीले निःशुल्क उपचार सेवा लिनका लागि चाहिने आवश्यक कागजात:
१. आकस्मिक कक्षमा आएका बखत उपचार खर्च नभएका गरिब, विपन्न तथा बेवारिसे बिरामीलाई प्रारम्भिक स्वास्थ्य उपचार निःशुल्क प्रदान गर्नु पर्नेछ ।

file:///C:/Users/TNT%20Mini/Downloads/Downloads.pdf

प्रतिक्रिया दिनुहोस्