दिल्लीको राजस्थानविरुद्ध जित



काठमाडौँ । दिल्ली क्यापिटल्सले राज स्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राज स्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ ।

दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय १ रन मात्र बनाउन सक्यो ।राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले ४६ बलमा ८ चौका र ६ छक्का सहित ८६ रन बनाए पनि हार टार्न सकेनन् । राजस्थानका लागि दोस्रो ठूलो स्कोर रियान परागले बनाएको २७ रन रहेको थियो ।

दिल्लीको जितमा खलिल अहमद, मुकेश कुमार र कुलदीप यादवले २-२ विकेट लिए भने अक्षर पटेल र रशिख सलामले १-१ विकेट लिए ।

त्यसअघि घरेलु मैदान अरुण जेट्ली स्टेडियममा टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २ सय २१ रन जोड्यो । दिल्लीका लागि ओपनर अभिषेक पोरेलले ३६ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ६५ रन बनाए । अर्का ओपनरले २० बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ५० रन जोडे ।

ट्रिस्टन स्टब्सले २० बलमा समान ३ चौका र ३ छक्का सहित ४१ रन बनाए । राजस्थानका रविचन्द्रण आश्विनले ३ विकेट लिँदा ट्रेन्ट बोल्ट, सन्दिप शर्मा र युजभेन्द्र चहलले १-१ विकेट लिए ।

जित पछि १२ खेलमा १२ अङ्क सहित दिल्ली पाँचौं स्थानमा उक्लिएको छ । राज स्थान ११ खेलमा १६ अङ्क सहित दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको कोलकत्ताको ११ खेलमा १६ अङ्क नै रहेको छ । तेस्रो स्थानमा आसिन चेन्नाई, चौथो स्थानको हैदराबाद र छैठौं स्थानको लखनऊको समान ११ खेलमा समान १२ अङ्क नै रहेको छ । आईपिएलना बुधवार हुने एकमात्र खेलमा सनराईजर्स हैदराबाद र लखनऊ सुपर जाएन्ट्स भिड्ने छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्