कार्यकर्तालाई इमानदार बन्न एमाले अध्यक्ष ओलीको आग्रह



कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमानदार भई सङ्गठन विस्तारमा लाग्न आह्वान गरेका छन् ।

एमाले कपिलवस्तुको दशौँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै उनले कार्यकर्ता इमानदार भएमा नेतृत्व इमानदार हुने र पार्टी सङ्गठन पनि थप गतिशील हुने बताए ।  कपिलवस्तुको चन्द्रौटामा आयोजित अधिवेशनलाई सम्बोधन गर्नेक्रममा अध्यक्ष ओलीले पार्टीभित्र गुटबन्दी नगरी मिसन ८४ पूरा गर्नु सबैको दायित्व भएको बताए । उनले भने, “यसको लागि आजैका दिनदेखि नेता, कार्यकर्ता एक ढिक्का भएर अघि बढ्नुपर्छ । ”

उनले बुद्धको स्थल कपिलवस्तुको समग्र विकासमा जोड दिएको जनाउँदै यसको ज्वलन्त उदाहरण हुलाकी राजमार्ग भएको बताए । अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने एमाले आयोजक कमिटीले जनाएको छ । अध्यक्ष ओलीले आजै कपिलवस्तुको विजयनगर गाउँपालिका निर्माण भएको १५ श्ययाको अस्पताल उद्घाटन समेत गरे ।

प्रतिक्रिया दिनुहोस्