फेसबुकमा १० लाख फलोअर पाउने  नेपालकै  पहिलो खेलाडी सन्दीप लामिछाने



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको आधिकारिक फेसबुक पेजमा १० लाख फलोअर कटेका छन् । बुधवार मात्रै उनको नामक पेजले यो आँकडा पार गरेको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका लेग स्पिनर लामिछानेले इन्डियन प्रिमियर लिग, बिग ब्यास लिग, पाकिस्तान सुपर लगायतका विश्वभर आयोजना हुने प्रमुख टी९ट्वान्टी खेल खेलेका छन् । उनले उक्त पेजबाट खेल सम्बन्धी गतिविधि तथा व्यक्तिगत कुरा शेयर गर्दै आएका छन् ।

अहिले भने उच्च अदालत पाटनमा लामिछाने विरुद्धको बलात्कार मुद्दा विचाराधीन छ । यसअघि काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्षको जेल सजाय तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्