अमेरिकामा नेपालको पहिलो अभ्यास खेल आज



काठमाडौँ । विश्वकप तयारीका लागि अमेरिकाको टेक्सास राज्य स्थित ह्युस्टन सहर पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेल आज खेल्दै छ । ह्युस्टन हुरीकेन्स विरुद्ध प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा हुने खेल नेपाली समय अनुसार राती ९: १५ बजे सुरु हुनेछ ।

खेल हाम्रो खेलकुद मार्फत प्रत्यक्ष प्रसारण समेत हुनेछ ।

नेपाली टोली आउँदो टि-२० विश्वकपका आफ्ना दुई खेल हुने स्थान सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्समा विन्डवार्ड भोल्क्यानोज विरुद्ध टिम अभ्यास खेल खेलेर ह्युस्टन प्रस्थान गरेको थियो । सो तीन खेलको शृङ्खलामा नेपाल २-१ ले विजयी भएको थियो ।

नेपाली टोलीका अल-राउन्डर दीपेन्द्र सिंह ऐरीले चोटका कारण आजको खेल गुमाउने छन् । चोटका कारण उनले यस खेल गुमाउने नेपालका कप्तान रोहित कुमार पौडेलले हाम्रो खेलकुद सँगको।कुराकानीमा बताएका थिए ।

ह्युस्टनमा आज र भोलि २ अभ्यास खेलपछि नेपाली टोली ड्यालस जानेछ । त्यहाँ क्यानडासँग मे २७ र अमेरिकासँग मे ३० मा वार्मअप म्याच खेल्नेछ। त्यसपछि सोही स्थानमा नेपालले जुन ४ मा टि ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्