मङ्गलवार दिउँसो १ बजे नै बजेट भाषण



काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते मङ्गलवार दिउँसो १ बजे प्रस्तुत हुने भएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने प्रयोजनका लागि मङ्गलवार दिनको १ बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्ने जानकारी गराएका छन् ।

त्यसका लागि उनले प्रतिनिधिसभा सदस्यहरूलाई १२: ४५ बजे भन्दा अगाडि नै संसद्मा उपस्थित भइसक्न आग्रह गरेका छन् ।

संविधानको धारा ११९ अनुसार सङ्घीय संसद्को संयुक्त बैठकमा जेठ १५ गते नै बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्