टी टेन लिगमा केरलाको शानदार सुरुवात, सन्दीपको उत्कृष्ट प्रदर्शन



काठमाडौं : टी टेन लिगमा केरला किंगस्ले शानदार सुरुवात गरेको छ । बुधबार राति भएको खेलमा पख्तुनलाई ८ विकेटले हराउँदै पहिलो खेलमै जीत हात पारेको हो । 

केरलाको जितमा इओन मोर्गानले ४६ रनको उत्कृष्ट पारी खेले । मोर्गानले २० बलको सामना गर्दै २ चौका र ५ छक्का प्रहार गरे । त्यसै गरी स्टर्लिङले १४ बलको सामना गर्दै ३ चौका र ४ छक्काको मद्दतमा ४० रन बनाए ।

त्यस्तै क्रिस गेलले १३ रनको योगदान दिए । केरन पोलार्डले नट आउट ११ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको पख्तुनले पुरै १० ओभर खेलेर पाँच विकेटको क्षतिमा १ सय ९ रन बनाएको थियो । पख्तुनका लागि एन्द्रे फ्ेचरले सर्वाधिक ३२ रनको योगदान दिए । उनले १४ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए । 

त्यसै गरी, क्यामरुन डेलपोर्टले २८, लियाम डसनले २५, चाडवीक वाल्टनले १२ रनको योगदान दिए ।

बलिङतर्फ सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । उनले २ ओभरमा १७ रन खर्चिएर पख्तुनको महत्त्वपूर्ण ३ विकेट लिएका थिए । पहिलो ओभरमा दुई विकेट लिएका सन्दीपले दोस्रो ओभरमा १ विकेट लिएका थिए । 

प्रतिक्रिया दिनुहोस्