योजना आयोगले वातावरण पदूषणको आर्थिक भार मूल्यांकन गर्ने



काठमाडौं : राष्ट्रिय योजना आयोगले वातावरणीय प्रदूषणका कारण मुलुकले बेहोर्नुपरेको आर्थिक भारको मूल्यांकन गर्ने भएको छ ।

पछिल्लो समय बढ्दै गइरहेको वातावरणीय प्रदूषणका कारण मानवीय स्वास्थ्य र जनजीवनमा नकारात्मक असर पुर्याएको छ ।

प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रदूषणको कारण मुलुकलाई कति आर्थिक नोक्सानी भईरहेको छ भन्ने विषयमा अध्ययन गर्नका लागि प्रदूषणको आर्थिक भार मूल्यांकननर्ग लागिएको हो ।

योजना आयोगका अनुसार प्रदूषणको विषयमा हाल अध्ययन अनुसन्धानको काम भइरहेको छ ।

वायू प्रदूषणको कारण नेपालमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा करिव २।८ अर्बको नोक्सानी भएको अध्ययनले देखाएको छ ।  यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्