स्वराजको प्रश्न : सैन्य अभ्यासमा किन नेपाली सेना पठाउनु भएन ?



काठमाडौँ: भारतले बिमस्टेक संयुक्त सैन्य अभ्यासमा नेपालले आफ्नो सैनिक किन नपठाएको विषयमा चासो व्यक्त गरेको छ । 

 

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारतमा भएको सो संयुक्त सैन्य अभ्यासमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग चासो व्यक्त गरेकी हुन् ।

 

आज न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा परराष्ट्रमन्त्री ज्ञवालीसँग भएको भेटवार्तामा ज्ञवालीले सो चासो व्यक्त गरेको भारतीय दूतावासका एक अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतिवद्धता जनाए अनुसार नेपालले आफ्नो सेना नपठाएर भारतलाई निकै चित्त दुखाएको भन्दै स्वराजले त्यसप्रति गुनासो समेत पोखेकी थिइन् ।

 

गत भदौ १४ र १५ गते नेपालमा सम्पन्न विमस्टेक सम्मेलनले सदस्य राष्ट्रहरुबीचको संयुक्त सैन्य अभ्यास गर्ने सम्झदारी गरेको थियो । सो सम्झदारी अनुसार भारतको पुनेमा संयुक्त सैन्य अभ्यास गरिएपनि नेपालले सहभागिता जनाएको थिएन ।

प्रतिक्रिया दिनुहोस्