सरकार भष्ट्राचारमा चुर्लुम्म डुब्यो : महासचिव वैद्य



काठमाडौं: नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाएका छन् ।

महासचिव वैद्यले सरकारले ७ महिनाको अवधिमा सुन तस्करीलाई नियन्त्रण गर्न नसकेको, बालिका बलात्कारपछि हत्या गर्नेलाई कारबाही गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना पनि गरे ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी ओलीले ‘सुःखी नेपाली, समृद्ध नेपाल’ को सपना बाँडेर मुलुकलाई बर्बाद बनाएको दाबी गरे ।

महासचिव वैद्यले श्रमजीवि नागरिकको पक्षमा दृढतापूर्वक उभिन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

प्रतिक्रिया दिनुहोस्