पाँच सयकाे लागि कुटाकुट, दाइले गरे भाइको हत्या



सल्यान: दाइले आफ्नै भाइको हत्या गरेका छन् । सल्यानको शारदा नगरपालिका–१, श्रीनगरमा बस्ने २१ वर्षीय केशरसिंह बुढाथोकीले १४ वर्षीय आफ्नै भाइ प्रकाश बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार भदौ १८ गते भाइ प्रकाशले दाइ केशरसँग ५ सय रुपैयाँ मागेको तर दाइले सय रुपैयाँ मात्रै दिन खोज्दा दाजु–भाइबीच विवाद भएको र कुटपिटपछि हत्या भएको इन्सपेक्टर भानु शर्माले बताए ।

गएको भदौ १८ गते कोठामा प्रकाश मृत अवस्थामा फेला परेका थिए । श‌ंकास्पद अवस्थामा मृत भेटिएपछि प्रहरीले अनुसन्धान कार्यलाई अगाडि बढाएको थियो । प्रहरीको अनुसन्धानमा दाइ केशरले भाइको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले २२ दिनपछि मंगलबार घटनाको रहस्य खुलेको भन्दै पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्