पार्टी बलियो बनाउन विधान संशोधन : गच्छदार



रुपन्देही: नेपाली कांग्रेस संसदीय दलक उपनेता विजयकुमार गच्छदार पार्टीलाई बलियो र समावेशी बनाउन विधान संशोधन गर्न लागिएको बताएका छन्।

 

विधान संशोधनका लागि पार्टीले भैरहवमा आयोजना छलफलका क्रममा नेता गच्छदारले उक्त कुरा बताएका हुन्। मंगलबार भैरहवामा प्रदेश ५ स्तरीय भेला आयोजना गरी का‌ग्रेसले विधान संसोधनका लागि सुझाव संकलन गर्न सुरु गरेको हो। 

 

गच्छदारले वाम गठबन्धनको सरकारले दशकभन्दा बढी लामो समय शासन संचालन गर्ने सपना देखेको भन्दै त्यसलाइ कांग्रेसले डटेर सामना गर्नुपर्ने बताए। ‘वाम गठबन्धनले साम्यवाद उन्मुख हुने योजना बनाएका छन्। त्यसतर्फ कांग्रेस बेलैमा सचेत हुन जरुरी छ’ नेता गच्छदारले भने।

 

दुइ दिन सम्म चल्ने भेलामा साविक लुम्बिनी अञ्चलका ६ जिल्लाका सभापति, महासमिति तथा महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति, भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधि सहभागी भएका छन्।

प्रतिक्रिया दिनुहोस्