लहानबाट डाक्टर अपहरित



लहान: लहानको मुख्य चोकबाट मंगलबार साँझ करिब ७ बजे एक डाक्टरको अपहरण भएको छ। साँझ बजारबाट घुमेर ससुराली घर लहान १ तर्फ जाँदै गरेका डा. सुभाष यादवलाई जीपमा आएको अपरिचित समूहले अपहरण गरी लगेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले जानकारी दिए।

अपहरित डा. यादवको खोजीमा जुटेका डिएसपी थापाले  भने, ‘हामी खोज्दै छौं, अझै पत्तो लागिसकेको छैन्।’ हेटौडामा काम गर्दै आएका डा. यादव आन्तरिक कारणले एक महिनादेखि लहान १ स्थित ससुराली घरमा बस्दै आएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै थापाले बताए। ‘आन्तरिक कारण अहिले नखुलाउ’, उनले थपे, ‘डा. यादवको अपहरणको त्यही कारणले भएको हुनसक्ने आशंका सहित खोजी गरिरहेका छौं।’

अपहरणस्थल लहानको चल्तीको चोक हो। यहाँ अबेर रातीसम्म मानिसको चहलपहल रहन्छ। ईलाका प्रहरी कार्यालयबाट मुस्किलले पाँच सय मिटर पश्चिम दूरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट पनि उतिकै दूरीमा पर्छ अपहरणस्थल। घटनाबारे विस्तृत जानकारी खुल्न सकेको छैन्।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद

काठमाडौं : संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरुले १६ वर्षभन्दा मुनिका बालिकालाई

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदैछ

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा सामान्यदेखि आंशिक बदली रहने जनाएको

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जीत हात पारेको छ ।

काठमाडौं– घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने

काठमाडौं : सरकारले पीसीआर परीक्षण गराउँदै आएका प्रयोगशालालाई कोरोना रिपोर्ट आफैं दिन निर्देशन दिएको छ