ट्रेलरमा हेर्नुहोस्, ‘सुश्री सम्पत्ति’



काठमाडौं : फिल्म ‘सुश्री सम्पत्ति’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार युट्यूब च्यानल ओएसआर डिजिटलमार्फत ट्रेलर सार्वजनिक गरिएको हो । कुनै पनि कार्यक्रमको आयोजना नगरी सिनेमाको ट्रेलरलाई सिधै युट्यूबमार्फत प्रिमियर गरिएको छ । ट्रेलरमा सिनेमाका मुख्य कलाकारहरुलाई देख्न सकिन्छ । 

 

सुब्रतराज आचार्यको निर्देशन रहेको फिल्म ‘सुश्री सम्पत्ति’ मा  सलोन बस्नेत, सारा श्रीपाइली, विनोद न्यौपाने, प्रमोद अग्रहरी,  राजाराम  पौडेल,  जयनन्द लामा,  विसारद बस्नेत,  सुनिता श्रेष्ठ ठाकुर, प्रेमबर्षा खड्का, रोशनी कार्की, कमल देवकोटा, सन्तोष खनाल लगाएतको मुख्य भूमिका रहेको छ । सिनेमामा अभिनेत्री प्रियंका कार्कीले विशेष भूमिका निर्वाह गरेकी छन् । 

 

सिनेमामा राजन इशानको ब्याकग्राउण्ड स्कोर, अर्जुन तिवारीको छायाकंन र भरत रेग्मीको सम्पादन रहेको छ । सिनेमालाई  विज्ञान राई, नुनम सुब्बा र रमन सिलकरले संयुक्त रुपमा निर्माण गरेका हुन् । राहुल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस सिनेमाका प्रस्तुतकर्ता त्वायना हुन् ।

प्रतिक्रिया दिनुहोस्